सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नर्वेमा युरोपकै पहिलो पानीमुनिको रेष्टुरेन्ट सञ्चालनमा आएको छ । बैलीमा बनेको यो रेस्टुरेन्टमा एकसाथ १०० जनाले डिनर तथा लन्च गर्न सक्दछन् । रेस्टुरेन्टको उद्धघाटनको दिनमा नै लगभग ७ हजार मनिसहरुले डिनरको लागी टेबुल बुक गरिसकेका छन् ।
मारुका नामको यो रेस्टुरेन्टमा ४० जनाले रात विताउन सक्ने गरी पनि ब्यवस्था गरीएको छ । रेस्टुरेन्टको लम्बाई ४० मिटरको छ जसको पछाडिको भाग समुन्द्री सतहभन्दा ५ मिटरको गहिराईमा बनाइएको छ ।
यो रेस्टुरेन्टको पर्खालहरुलाई सिसाले बनाइएको छ । जहाँ आउने मानिसहरुले समुन्द्रि जिवहरुलाई देख्न सकुन । जानकारी अनुसार विश्वका केही देशहरुमा मात्र पानीमुनी रेस्टुरेन्ट बनाइएको छ ।
रेस्टुरेन्टमा ४ दिनको प्याकेजको मुल्य २.२४ करोड रुपैया रहेको छ । कुनै कस्टमर यहाँ आउनको लागी पुरा प्याकेज लिनु पर्ने हुन्छ । यो हिसावमा एक रातको भाडा लगभग ५६ लाख रुपैयाको आसपासमा पर्दछ । यद्यपी, यहाँ आउनको लागी ४ दिनको पुरै प्याकेज लिनुपर्नेहुन्छ । केही मिडिया रिपोर्ट अनुसार यो होटललाई बनाउन करिब १ अर्ब ७३ करोडको खर्च भएको बताइएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा