सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत्र ७। रोजगारीका लागि आकर्षक गन्तव्य कोरियन भाषा परीक्षाको आवेदन भोली (शुक्रबार) बाट खुल्ने भएको छ। इच्छुकहरुले भोलीदेखि चैत १७ गते सम्म आवेदन भर्न सक्नेछन् ।
भाषा परीक्षामा सहभागी हुनका लागि १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्ने हदबन्दी तोकिएको छ ।
ईपीएस नेपालको वेवसाइटबाट नै अनलाइनबाटै आवेदन भर्न सकिने छ । आवेदन गर्दा लाइन बस्ने झन्झट हटाइएको थियो । यसवर्षबाट आईएमई-पे र ई-सेवाबाट पनि २४ डलर बराबरको शुल्क भुक्तानी गर्न सकिने छ ।
आवेदन कसरी दिने ?
नेपालको आधिकारिक वेबसाइटबाट ‘लग इन’ गरी त्यहाँ उल्लेख भएका विवरण अनलाइनबाटै भर्न सकिने व्यवस्था मिलाइएको छ।
इपिएस परिक्षाको आवेदन फाराम अनलाइनबाट भर्नुपर्ने हुन्छ जसका लागी इपीएस नेपालको अनलाईन आवेदन फाराम बुझाउनको लागी परीक्षार्थीहरुले eoers.epsnepal.gov.np मा गएर लगइन गर्नुपर्ने हुन्छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा