सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत ७। उपत्यकाका विभिन्न स्थानमा होली खेल्ने क्रममा भएको दुर्घटनामा परी दुईको मृत्यु भएको छ। तीनजना सख्त घाइते भएका छन्। होलीमा जथाभावी सवारी साधन चलाउँदा स्वयम्भू र सातदोबाटोमा भएको दुर्घटनामा दुईको मृत्यु भएको र तीनको अवस्था जटिल छ ।
ती दुर्घटनामा काठमाडौँ कीर्तिपुरका ३१ वर्षीय सुनिल शाही र ललितपुर गोदावरीका १७ वर्षीय सचिन श्रेष्ठको मृत्यु भएको हो। महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं वरिष्ठ उपरीक्षक वसन्त पन्तले स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पताल र सातदोबाटोस्थित सुमेरु अस्पतालमा घाइतेहरूको उपचार भइरहेको जानकारी दिए।
बुधबार काठमाडौं उपत्यकाका स्थानमा १० दुर्घटना भएका थिए। गत वर्षको होलीमा २२ सवारी साधन दुर्घटनामा हुँदा १८ घाइते भएका थिए। ट्राफिक प्रहरीले बुधबार होलीमा उपत्यकाभित्र जथाभावीरूपमा सवारीसाधन चलाउने ९१८ चालकलाई कारवाहीसमेत गरेको छ। तीमध्ये ९०५ दुईपाङ्ग्रे र १३ चारपाङ्ग्रे सवारीसाधनका चालक कारवाहीमा परेका थिए।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा