सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बाजुरा, चैत्र ७ । कर्णाली करिडोरअन्तर्गत बाजुरा खण्डमा बिहीबारदेखि यातायात सञ्चालन गरिने भएको छ।
जिल्लाको महत्त्वपूर्ण मार्गका रुपमा मानिएको ३५ किलोमिटर सडकखण्डको जिल्लाको जगन्नाथको लैफूदेखि हिमाली गाउँपालिकाको लेब्डीसम्म यातायात सञ्चालन गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
बाजुरा खण्डमा यातायात सञ्चालनमा ल्याइने भएपछि स्थानीयवासीमा उत्साह छाएको छ। बाजुरासँगै छिमेकी जिल्ला हुम्ला र मुगुका नागरिकलाई पनि उक्त सडकखण्डले सहज बनाउने भएको छ। नेपाली सेनाले निर्माण गरिरहेको २८५ किलोमिटर लामो सो करिडोर निर्माण गरिरहेकको हो।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा