सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
अर्घाखाँची, चैत्र ७ । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका –३ गहेलीमा द्वन्द्वकालमा राखिएका दुईवटा सकेट बम नेपाली सेनाको बम डिस्पोजर टोलीले डिस्पोज गरेको छ ।
ओडारमा शंकास्पत वस्तु रहेको भनेर स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरीले खोजी गर्दा सकेट बम फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
उक्त सकेट बम द्वन्द्वकालमा छाडिएको र खिया लागेको अवस्थामा भेटिएको प्रमुख जिल्ला अधिकारी प्रेम लामिछानेले जानकारी दिए ।
जिल्लाभर कुनै पनि स्थानमा पनि शंकास्पद वस्तु खिया लागेको अवस्थामा देखिए नेपाल प्रहरीलाई खबर गर्न समेत उनले आग्रह गरे ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा