सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जनकपुरधाम, चैत ६। आपसी भाइचारा र सद भाबको रुपमा मनाइने हिन्दुहरुको महान चाड ‘होली’ अबसरमा प्रदेश २ सरकारले २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रदेश मन्त्रिपरिषद् बैठकले चैत ७ र ८ गते प्रदेशभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
पहाडी जिल्लामा यस वर्ष बुधबार होली मनाइए पनि तराई तथा मधेसका जिल्लामा भोलि र पर्सि होली मनाइँदै छ । त्यही अनुसार, २ दिन सार्वजनिक छुट्टी दिने निर्णय गरेको प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
संघीय सरकारले भने होलीका अवसरमा १ दिन मात्र सार्वजनिक बिदा दिएको छ ।
मिथिलाञ्चलमा १५ दिने धार्मिक तथा एतिहासिक मिथिला माध्यमिक परिक्रमा सम्पन्न भएको भोलिपल्ट होली पर्व मनाउने परम्परा छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा