सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भारत अष्ट्रेलियासँग तेस्रो वनडे इन्टरनेशनल क्रिकेट म्याचमा ३२ रनले पराजित भएको छ । अष्ट्रेलयाले शुक्रबार जेएससीए इन्टरनेशनल स्टेडियम मा खेलिएको खेलमा भारतीय टिमका कप्तान विराट कोहलीले ४१ औ शतक बनाएको रेकर्डलाई समेत खेरा फाल्दिदै जित दर्ता गरेको हो । कोहलीले ९५ बलमा १२३ रनको आकर्षक पारी खेले जसमा १६ चौका र एक छक्का प्रहार गरे । तर उनले दोस्रो तर्फका कुनै पनि ब्याट्सम्यानका सहयोग नपाउदा ३१४ रनको लक्ष्य लाई पछ्याएको भारतीय टिम ४८.२ ओभरमा २८१ रनमा आउट भयो । कोहलीले आफनो पारीको दौरान कप्तानको रुपमा वनडेमा ४००० रन पन पुरा गरे ।
अष्ट्रेलियाले पाँच विकेटमा ३१३ रन बनाएको थियो । उसको तर्फबाट उस्मान ख्वाजा ले ११३ बल मा १०४ रन बनाउदै वनडेमा आफनो पहिलो शतक जमाए र आरोन फिचले ८८ बलमा ९३ रनसँगै पहिलो विकेटको लागी १९३ रन जोडे । ग्लेन म्याक्सवेलले पनि ३१ ब्लमा ४७ रन बनाएर बहुउपयोगी योगदान दिए । मार्कस स्टोइनिसले ३१ र अलेक्स कैरीले २१ रनसँगै छैटौ विकेटको लागी ५० रनको अटुट साझेदारी गरे ।
भारत पहिलो दुई खेलमा जीत दर्ता गर्दे सीरीजमा जित दर्ता गर्नको लागी उत्रेको थियो अष्ट्रेलियाले पाँच म्याचको सिरीजलाई जीवीत बनएर राख्यो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा