सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत्र ५ । सामाजिक संजालमा उत्तेजक भिडियोको अन्तवार्ता दिएको आरोपमा मोडल परी तामाङसहित ३ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंले नियन्त्रणमा लिएको छ।
युट्युव च्यानल ‘मस्ती टक टाइम’बाट अमर्यादित, अश्लील र उत्तेजित अन्तर्वार्ता दिएको भन्दै तामाङसहित दुई जना युट्युव च्यानल सञ्चालकलाई नियन्त्रणमा लिइएकोमहानगरीय प्रहरी प्रहरी परिसर टेकुले जनाएको छ ।
उक्त अन्तर्वार्ताबाट सामाजिक मर्यादामा खलल पु(याएको गुनासो आएपछि फुल्चोकी मिडिया ग्रुपका सञ्चालक राजकुमार कुँवर, कार्यक्रम सञ्चालिका लक्ष्मी मोक्तान र अश्लील अन्तर्वार्ता दिने मोडल तामाङलाई परिसरको विशेष टोलीले कंलकीबाट पक्राउ गरी साइवर क्राइम अपराधमा अनुसन्धान भईरहेको महानगरीय प्रहरी परिसरले जनाएको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा