सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
यज्ञराज उपाध्याय / टीकापुर, चैत्र ५। रंग र उमंगको पर्व होलि टीकापुरमा भव्यताका साथ मनाईदै छ । धेरैजसो अछामीहरु बसोबासित टीकापुरमा शिवरात्रीको दिनदेखि होरि (होलि) खेल्ने गरिन्छ । होलिको अवसरमा पुरुषहरूले सेतो कपडा लगाई दुई समुहमा देउडा खेल्दै आफ्नो परम्परा अनुसार होरि खेल्दछन ।
अछाममा धुमधामका साथ होरि टीकापुरमा पनि धुमधामकै साथ मनाइन्छ । दुई नबज्दै पञ्चेबाजा सहित सेतो कपडाको पहिरनमा सजिएर आउछन होरि खेल्नेहरु अनि सुरु गर्छन पञ्चेबाजा बजाउदै होरि र देउडा खेल, जसले मनमा निकै उमंग आउँछ, मनोरञ्जनात्मक अनुभुती दिन्छ ।
सुदुरपश्चिमका विभिन्न जिल्लामा आआफ्नै परम्परा र संस्कृति अनुसार यो पर्वलाई निकै महत्वाकांक्षाका साथ मनाईन्छ । करिब १५ दिनसम्म टीकापुरमा दिउँसो देखि होरि खेलिन्छ । टीकापुर बजार क्षेत्रमा मात्र नभई जानकी गाउँपालिका, लम्की चुहा नगरपालिका, भजनी नगरपालिका लगायत विभिन्न ठाउँमा होरि खेल खेलेर भव्यताका साथ होलि मनाईन्छ र मनाइदै गरेको छ ।
टीकापुरका विभिन्न स्थानमा होरि खेल्दै रमाइलो गर्ने गरिन्छ । गतवर्ष सम्म खुल्ला मैदान लगायत विभिन्न ठाउँमा साझ देखि रातभरी खेलिने होरि यो बर्ष ईलाका प्रहरी कार्यालय टीकापुरले सबैसंगको सहकार्यमा व्यवस्थित बनाएको छ ।
गतवर्ष होलिको बेला खुला मैदानमा होरि खेलिरहेको अवस्थामा २२ बर्षिय कर्ण थापाको खुकुरी प्रहार गरि हत्या गरिएपछि यो बर्ष प्रहरीले सावधानी अपनाएको ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) शिवबहादुर सिंहले बताउनुभयो । उहाँले यो बर्ष पनि पुनः त्यस्तो घटना हुन नदिने अगाडी नै सावधानी अपनाएको बताउदै रातिको समयमा होरि देउडा खेल नखेल्न अनुरोध गरिएको समेत बताउनुभयो । स्थानीयहरुले प्रहरीको यो अनुरोधलाई सहजै स्विकारेका छन ।
अछामी होरिको आफ्नो छुट्टै महत्व छ । यो परम्परागत रुपमा खेलिने खेल समेत भएकाले होरि आएपछि धेरै मानिसहरु निकै खुशी हुने गर्दछन । पछिल्लो समय अछामीहरु बसोबासित विभिन्न ठाउँमा होरि खेल्ने गरिन्छ । रंग दलेर, गोला हानेर र गोबर लगाएर युवापुस्ता होलि खेल्ने गर्दछन र त्यसैलाई नै होलि सोच्दछन तर हाम्रो संस्कृति अनुसार रंग मात्र दल्नु होलि नभएको बुढापाकाहरु बताउछन । होरिको आफ्नै भएकाले त्यसलाई सहि तरिकाले मनाउनुपर्ने र गलत तरिका हटाउनुपर्ने उहाँहरु बताउनुहुन्छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा