सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत्र ५। विगत २८ वर्षदेखि सञ्चालित त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालले इम्युनोलोजी (रोग प्रतिरोधक) सम्बन्धी उच्च प्रविधि भित्र्याएको छ ।
डाईग्नोटेक स्पोर्टको सहयकार्यमा अस्पतालले रोस कम्पनीको इम्यिुनोलोजी सम्बन्धि रोग परिक्षण गर्ने उपकरण जडान गरेको हो ।
अत्याधुनिक प्रविधिको उक्त उपकरणबाट इम्युनोलोजी सम्बन्धि विभिन्न परीक्षणहरु अस्पतालबाटै गरिने अस्पतालका संचालक समिति तथा कार्यकारी व्यवस्थापन समतिकिा सदस्य–सचिव रजत श्रेष्ठले बताए ।
विशेषज्ञहरुबाट विभिन्न रोगहरुको समयमा नै पहिचान गरी बिरामीलाई सहज उपचार दिने अस्पतालको लक्ष्य छ ।
शुक्रबार उक्त उपकरणबाट के–कस्तो परीक्षण गरिन्छ लगायतका विषयमा डाइग्नोटेक स्पोर्टका प्रमुख कार्यकारी निर्देशक सुशील थापाले प्रस्तुति समेत दिएका थिए ।
हिमालय होटेलमा आयोजित कार्यक्रममा करिब १ सय जना चिकित्सकहरुको उपस्थिती रहेको थियो । उपस्थित चिकित्सकहरुले भने अस्पतालको थप सेवाले बिरामीहरुको उपचारमा निकै ठूलो भूमिका खेल्ने धारणा व्यक्त गरे ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा