सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं चैत्र ४। राष्ट्रिय जनता पार्टी नेपालले सोमबार पनि संसद बैठक अवरुद्ध गरेको छ । प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ राजपाका सांसदहरुले उभिएर संसद अवरुद्ध गरेको बताएका छन् ।
सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लालको अध्ययन प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै संसद अवरुद्ध पारेका हुन् । सभामुख कृष्णबहादुर महराले बैठक सुरु भएको जनाउ दिनेबित्तिकै राजपका सांसदहरुले उभिएर विरोध जनाएका थिए ।
राजपा अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झाले उक्त प्रतिवेदन सार्वजनिक भएमा मधेस आन्दोलन र थरुहट आन्दोलनमा कसले कति गल्ती गरे, कसले कति ज्यादती गर्यो भन्ने विषय सार्वजनिक हुने बताए । सरकारले प्रतिवेदन लुकाएर सत्य लुकाउन खोजेको झाले आरोप लगाए ।
राजपाका सांसदको अवरोधका कारण आइतबारको बैठक पनि प्रभावित भएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा