सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले बेटिसमाथि शानदार जित निकालेको छ । सोमबार बिहान भएको खेलमा बेटिसको घरेलु मैदान अवे मैदानमा भएको खेलमा बार्सिलोनाले बेटिसलाई ४–१ को गोल अन्तरले पराजित गरेको हो ।
बर्सिलोनालाई शानदार जित दिलाउनका लागि कप्तान लियोनल मेस्सीले ह्याट्रिक गरे भने स्वारेजले १ गोल र एक असिस्ट गरे । पराजित बेटिसका लागि लोरेन मोरनोले १ गोल गरे ।
खेल सुरु भएको १८ औँ मिनेटमा कप्तान मेस्सीले फ्रि किकमा उत्कृष्ट गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । उनले झन्डै २० यार्ड टाढाबाट उत्कृष्ट फ्रिकिक गोल गरे।
पहिलो हाफको इन्जुरी समयमा मेस्सीले अर्को गोल थपे । स्वारेजले बक्सभित्रबाट दिएको पासमा मेस्सीले सहजै गोल गरे । पहिलो हाफमा एक मिनेट थपिएको थियो ।
पहिलो हाफमा २(० गोलले अग्रता लिएको बार्सिलोनाले दोस्रो हाफमा दुई गोल थप्यो भने बेटिसले एक गोल गर्यो । खेलको ६३औं मिनेटमा स्वारेजले गोल गर्दै अग्रता ३ (० को बनाए ।
त्यसपछि खेलको ८२औं मिनेटमा घरेलु टोली बेटिसका लागि मोरनोले गोल गर्दै खेल १–३ बनाए ।
तर मेसीले त्यसको तीन मिनेटमा नै गोल गर्दै ह्याट्रिक पूरा गर्दा बार्सिलोनाले १–४ ले जित्यो । उनको यो ह्याट्रिकसँगै ला लिगामा ३३ औं ह्याट्रिक हो ।
यससँगै बार्सिलोनाले शीर्षस्थानमा १० अंकको अग्रता कायम गरेको छ । बार्सिलोनाले २८ खेलबाट कुल ६६ अङ्क बनाएको छ । यता, पराजित बेटिस भने समान खेलबाट ३९ अङ्क बनाउँदै लिगको आठौँ स्थानमा यथावत् रहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा