सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विराटनगर, चैत्र २ । पाँचौं साफ च्याम्पियनसिप फुटबलमा नेपालले बंगलादेशलाई ३ गोलले पराजित गरेको छ। विराटनगरको शहीद रंगशालामा जारी खेलमा शुरुवातदेखी बंगलादेश माथि हावी देखिएको नेपालले पहिलो हाफमा ३ गोल गरेको थियो ।
दोस्रो हाफमा भने दुबै पक्षबाट कुनै पनि गोल हुन नसक्दा नेपालले शानदार जित निकालेको हो । नेपालको लागी सावित्रा भण्डारीले एक गोल गर्नुका साथै एक गोलको अवसरसमेत सिर्जना गरेकी थिइन्। नेपालले आत्मघाति गोलबाट सूरुवाती अग्रता लिएको थियो।
खेलको छैटौ मिनेटमा बंगलादेशकी डिफेन्डर मासुरा पार्भिनको हेड बलले आफनै जाली चुमेपछि नेपालले शुरुवाती अग्रता बनायो। खेलको २३ औ मिनेटमा सावित्राले नेपालको अग्रता दोब्बर पारीन । लगत्तै उनको पासमा मञ्जली कुमारी योञ्जनले अर्को गोल थपिन्।
जितसँगै नेपाली टिम समुह विजेता बनेको छ। यसअघि बंगलादेशले भुटानलाई ६ गोलले पराजित गर्दै सेमिफाइनलको यात्रा भने पक्का गरीसकेको छ । समूह चरणबाट भुटान बाहिरिएको छ भने समूह बि बाट माल्दिभ्स बाहिरिएको छ। आइतबार दिउँसो ३ बजे शहीद रंगशाला विराटनगरमा भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा