सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बलिउड चक्लेटी नायिका आलिया भट्टको आज जन्मदिन रहेको छ । उनी अहिले रणवीर कपूरसँगको प्रेममा चुर्लुम्म डुबेकी छिन् ।आलियाले आफ्नो विवाहका सम्बन्धमा हालै खुलेर कुरा गरेकी छन् । अहिले बिहेको सीजन चलिरहेकाले आलियाको पनि विवाह होस् भनी मानिसहरूले चाहना राखेको हुनसक्ने उनी स्वीकार्छिन् । तर आफ्नो मनमा यस विषयमा कुनै कुरा नचलेको उनको भनाइ छ । तत्कालका लागि विवाहको कुनै योजना नबनाएको उनी बताउँछिन् ।
आफू अहिले काममा ध्यान केन्द्रित गरिरहेको र समय बितेपछि प्राथमिकता परिवर्तन हुन सक्ने भए पनि अहिले त्यस्तो कुनै स्थिति नरहेको बताउँछिन् ।
आलियाको कलंक र ब्रह्मास्त्र फिल्म रिलिजको संघारमा छन् । सारांस फिल्मबाट बालकलाकारको रुपमा बलिउड प्रबेश गरेकी उनको डेब्यु फिल्म भने करण जोहरले निर्देशन गरेको ‘स्टुडेन्ट अप द इअर’ हो ।
पछिल्लो समय उनले अभिनय गरेको प्राय सबै फिल्मले बलिउड बक्स अफिसमा राम्रो आम्दानी गर्ने गरेको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा