सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
यदि तपाई पनि इन्टरनेटको प्रयोग गर्नुहुन्छ, इन्टरनेट बैकिङको उपयोग गर्नुहुन्छ र तपाईसँग स्मार्टफोन छ भने यो डिजिटल विश्वमा तपाई धेरै नै सतर्क रहनु पर्ने हुन्छ । तपाईको सानो गल्ति तपाईको लागी धेरै महंगो सावित हुन सक्छ कि तपाईको जिन्दगीभरको कमाई सेकेन्डमै गायव हुन सक्छ ।
कुनै एक म्यासेजद्धारा तपाईको फोनलाई ह्याक गर्न सक्छ र तपाईको फोनमा रहेको तपाईको निजि जानकारी चोर्न सक्दछ । पछिल्लो समय फेरी नयाँ घटना अगाडि आएको छ कि गुगल अनुवाद (ट्रान्सलेट) द्धारा तपाईको निजि जानकारी चोरी गर्न सक्दछ । आउनुहोस जान्नुहोस कसरी
ZDNet को रिपोर्ट अनुसार ह्याकर्स गुगल ट्रान्सलेटद्धारा तपाईको गुगल अकाउन्टमा चोरी लगाउन सक्छ । ह्याकर्स ह्याकिङको लागी पीशिंगको सहयोग लिइरहेका छन् र मानिसहरुको लोकप्रिय वेवसाइटका झुटो युआरल पठाउछन् । यस्तोमा मानिसहरुलाई लाग्छ कि यो वास्तविक लिङक हो र त्यसलाई क्लिक गरिन्छ ।
जसरी मानिसहरु यस्ता लिङकहरुमा क्लिक गर्छन तब गुगल ट्रान्सलेटको नक्कली बेबसाइट खुल्छ र यही साइटद्धारा मानिसहरुको निजि जानकारी मागिन्छ । यदि तपाईमा पनि कुनै यस्तो इमेल आएको छ, जसमा गुगल ट्रान्सलेटको युआरएल छ भने तपाईले उक्त लिङकमा क्लिक गनुपर्ने कुने पनि आवश्यकता छैन ।
पहिलो कुरा के छ भने यस्तो मेलको पहिचान ई–मेल एड्रेसबाट हुनेछ । ई–मेल एड्रेस सामान्य ई–मेल जस्तै हुदैन र साथै ई–मेलमा ध्यान दिएर हेर्दा अन–सब्सक्राइबको विकल्प पाइनेछ । यद्यपी, गुगलले यो घटनामा कुनै पनि बयान भनाई सार्वजनिक गरेको छैन ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा