सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
स्मार्टफोनको क्रेज दिनानुदिन बढ्दै गईरहेको छ । कैयौ नयाँ कम्पनिहरु स्मार्टफोन बनाउनेदेखी लिएर असेंबल गर्नको लागी हरेक बर्ष बजारमा आइरहेका छन् । केही कम्पनि पछिल्लो केही दशकदेखी बजारमा आफनो राम्रो प्रकट जमाएर बसेका छन् ।
तपाई पनि सोचिरहनु भएको होला यी सबै स्मार्टफोन निर्माता कम्पनिमाहरु मध्ये विश्वको सबैभन्दा ठुलो स्मार्टफोन कम्पनि कुन हो । आज हामी तपाईलाई Counter Point का मार्केट मनिटरद्धारा जारी गरीएको रिपोर्ट अनुसार, विश्वको १० ठुला स्मार्टफोन निर्माता कम्पनिको बारेमा बताउन गईरहेका छौ ।
सामसुङ (Samsung)
दक्षिण कोरीयाली कम्पनि सामसुङ यो समय स्मार्टफोनमा विश्वको सबैभन्दा ठुलो ग्लोबल कम्पनि हो । बर्ष २०१८ को अन्तसम्म कम्पनिको शेयर विश्वभर १९ प्रतिशत छ । यद्यपी, कम्पनिको सिपमेन्ट र बिजनेसमा बर्षे पिछे ८ प्रतिशतको दरले गिरावट आइरहेको छ तर पनि कम्पनि टप स्पटमा बसिरहेको छ ।
एप्पल (Appple)
आफनो आईफोन को लागी चिरपरिचित कम्पनि एप्पलको २०१८ को अन्तसम्म मार्केट शेयर १४ प्रतिशत छ । यो शेयर कम्पनिको विक्रिमा आएको ४ प्रतिशत गिरावटपछि को हो । कम्पनिको स्मार्टफोन बजारमा विश्वभरमा दोस्रो स्थानमा पर्दछ ।
हुवावे ( Huawei)
चीनीया स्मार्टफोन निर्माता कम्पनि हुवावे यो लिस्टको तेस्रो स्थानमा पर्दछ । कम्पनिले टप–२ कम्पनिको तुलनामा ग्लोबली ३४ प्रतिशतको ग्रोथ देखाएको छ । यो समय कम्पनिको शेयर कुल १४ प्रतिशत छ ।
सिओमि (Xiaomi)
एउटा अर्को चिनिया स्मार्टफोन कम्पनि Xiaomi यो समय नेपाली बजारको अलावा विश्वभरमा दबदबा कायम छ । ८ प्रतिशत मार्केट शेयरसँगै …… चौथो स्थानमा रहेको छ । यो चिनिया कम्पनिले पनि पछिल्लो बर्षमा २६ प्रतिशतको ग्रोथ देखाएको छ ।
ओप्पो (Oppo)
एउटा अर्को चीनीया स्मार्टफोन कम्पनि ओप्पोको मार्केट शेयर ८ प्रतिशत छ । कम्पनि विश्भरको पाँचौ स्थानमा रहेको छ ।
भिभो (Vivo)
भिभो र ओप्पो एउटै पेसेन्ट कम्पनि बिबिके इन्टरनेशनल अन्तर्गत आउछ । भिभोको मार्केट शेयर ७ प्रतिशत छ र कम्पनिले पछिल्लो बर्ष ३ प्रतिशत को ग्रोथ देखाएको छ । यो कम्पनि छैटौ स्थानमा रहेको छ ।
एलजी (LG)
दक्षिण कोरीयाली कम्पनि एलजी ३ प्रतिशत मार्केट शेयरसँगै सातौ स्थानमा रहेको छ । कम्पनिले पछिल्लो बर्ष २६ प्रतिशतले ग्रोथ गरेको थियो ।
लेनोभो–मोटोरोला (Lenovo-Motorola)
एउटा अर्को चीनीया स्मार्टफोन निर्माता कम्पनि विश्वको निर्माता कम्पनि विश्वको टप–१० स्मार्टफोन कम्पनिको लिस्टमा समावेश छ । बर्ष २०१८ मा २३ प्रतिशत ग्रोथसँगै लेनोभोको मार्केट शेयर ३ प्रतिशत छ । यो ग्लोबली आठौँ स्थानमा रहेको छ ।
नोकिया एचएमडि ( Nokia HMD)
पछिल्लो बर्ष नोकिया एचएमडिले शानदार रुपमा पुनरागमन गर्दे १२६ प्रतिशत ग्रोथ देखाएको छ । कम्पनिको ग्लोबल मार्केट शेयर १ प्रतिशत छ र यो अहिले स्मार्टफोन कम्पनिको लिस्टको ९ औ स्थानमा रहेको छ ।
टेक्नो (Tecno)
१० औ स्थानमा टेक्नो मोबाइल कम्पनि रहेको छ । कम्पनिले बर्ष २०१८ मा ३२ प्रतिशतको बृद्धि देखाएको छ । १ प्रतिशत मार्केट शेयरसँगै कम्पनि पनि टप–१० मोबाइल निर्माता कम्पनि भित्र पर्दछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा