सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, फागुन १३ । प्रविधिको दुनियाँमा उत्कृष्ट ठहरिएको साओमीले नेपालमा पहिलो पटक आफ्नो पहिलो AndroidTM Go स्मार्टफोन – Redmi Go प्रस्तुत गरेको छ । अति उपयोगी सफ्टवेयर तथा दक्ष हार्डवेयर भएको Redmi Go ने.रू. ८,९९९मा उपलब्ध छ ।
AndroidTM Go कार्यक्रम गुगलले २०१७ सालमा सुरू गरेको थियो र यसलाई बजारमा ल्याउने बित्तिकै नै प्रविधिको बजारमा नयाँ प्रभावकारी मोड आएको छ । Redmi Go Android™ 8.1 Oreo™ (Go edition) अपरेटिङ प्रणालीमा काम गर्छ । यसमा भएका एपहरू स्टोरेज कम खाने र डेटाको प्रयोग कम गर्ने हिसाबले निर्माण गरिएको छ।
नेपालका लागि प्रबन्धक श्री सौरभ कोठारीले आफ्नो वक्तव्यमा भन्नुभयो, “Xiaomi नेपालमा प्रस्तुत भएदेखि नै सर्वत्र रूपमा माया र सरोकार पाइरहेको छ जसका लागि हामी सबै MI फ्यानप्रति आभारी छौँ। भर्खरै आएको सस्तो र राम्रो Redmi Goसँगको अनुभव प्रभावकारी रहने आशा हामीले राखेका छौँ । सबै प्रयोगकर्ताहरूसमक्ष नयाँ प्रविधिको अनुभव पुर्याउने यो हाम्रो प्रयास पनि हो ।“
Redmi Go को नयाँ Android फोनमा – 5.0-inch HD display, Qualcomm® Snapdragon™ 425 SoC को साथमा 3000mAh battery, 8MP LED flash सहितको main back camera र 5MP को selfie front camera को सुविधा छ । Dual sim slots भएको Redmi Go मा छ 128GB card को microSD slot रहेको छ ।
Redmi Go कालो र नीलो रङ्गमा उपलब्ध छ, र साथै ८ जि.बि.को Storage Capacity पनि रहेको छ । Redmi Go नजिकको मोबाइल पसलहरू र Daraz online store मा 3rd March, 2019 देखि उपलब्ध हुनेछ।
Xiaomi को बारेमा
Xiaomi कम्पनि सन् २०१० अप्रिलमा स्थापना भएको हो र हङ्कङ् स्टक एक्सचेन्ज, ९ जुलाइ २०१८ को प्रमुख बोर्डमा नाम पार्न सफल भएको थियो। Xiaomi एउटा इन्टरनेट कम्पनि हो जसको प्रमुख उत्पादन भनेको स्मार्ट फोनहरू र IoT platform मा जडित स्मार्ट हार्डवेयर हो ।
आफ्ना ग्राहकहरूको सारथी बन्ने लक्ष्य लिएर अधि बढेको xiaomi, आज एउटा सफल र “coolest company” को दर्जा हासिल गर्न सफल भएको छ र यो दर्जाको निरन्तरता आफ्नो मिहिनेत र नवीनताले कायम गर्नेछ। xiaomi को सस्तो र भरपर्दो smartphones हरुको नवीन प्रविधिले विश्वभरि नै खुसी फैलाउने चेष्टा गरेको छ ।
Xiaomi अहिले विश्वकै चौथो सबैभन्दा ठूलो स्मार्टफोन कम्पनि बन्न सफल भएको छ र विश्वकै सबैभन्दा ठूलो IoT platform हो जसमा १३ करोड २० लाख स्मार्ट उपकरणहरू जडित गर्न मिल्छ । xiaomi का उत्पादनहरू अहिले ८० भन्दा बढी देशहरूमा वितरण भई एउटा सफल कम्पनि बन्न पुगेको छ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा