सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
धनगढी, फागुन ९ । एलआईसी नेपालले प्रदेश नं ७ अन्तर्गतका ७२ जना उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गरेको छ । धनगढीमा आयोजीत उक्त कार्यक्रममा सम्पुर्ण शाखा कार्यालय र अभिकर्ताहरुको प्रदेश स्तरीय कार्यक्रम सम्पन्न भएको हो ।
२३५ जना अभिकर्ताहरुको सहभागीता रहेको उक्त कार्यक्रममा ७२ जना उत्कृष्ट अभिकर्ताहरुलाई कार्यक्रममा प्रमाणपत्र तथा शिल्डबाट सम्मानित गरिएको थियो ।
कार्यक्रममा एलआईसी नेपालका प्रमुख कार्यकारी अधिकृत एल.पी. दासले अभिकर्ताहरुलाई ग्राहक सेवामा विशेष ध्यान दिन आग्रह गरे । एक दिवसीय उक्त कार्यक्रममा नायव प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले सहभागीहरुलाई प्रशिक्षण प्रदान गरेका थिए ।
कम्पनीले यसअघि प्रदेश नं. २ का २३० जना उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गरेको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा