सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
वीरगन्ज, फागुन ९ । राष्ट्रपति विद्यादेवी भण्डारीले छोरीको शिक्षाका लागि प्रदेश नम्बर–२ सरकारको ‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियानअन्तर्गत् ‘छोरी शिक्षा बिमा/मुद्दती बचत खाता’को बिहीबार शुभारम्भ गरेकी छन् ।
उनले वीरगन्जको त्रिजुद्ध माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा छोरी शिक्षा बिमा/मुद्दती बचत खाता कार्यक्रमको शुभारम्भ गरेकी हुन् ।
सो अवसरमा राष्ट्रपति भण्डारीले छोरीको शिक्षालाई महत्व दिँदै प्रदेश–२ सरकारले ल्याएको अभियान अन्य प्रदेशले पनि अनुशरण गर्नुपर्ने बताइन् ।
यस्तै, प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले यो अभियानले छोरीको शिक्षामा सक्रिय र महत्वपूर्ण भूमिका निर्वाह गर्ने दाबी गरे ।
पहिलो चरणमा प्रदेशका ८ ओटा जिल्लाका ८ ओटा पालिकामा यो कार्यक्रम लागू गरिने पनि उनले जानकारी दिए
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा