सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, फागुन ९ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक र नेको इन्स्योरेन्स लिमिटेड बीच बैकास्योरेन्स सम्झौता भएको छ ।
विहिवार बैकको प्रधान कार्यालयमा आयोजीत एक कार्यक्रमा सम्झौता पत्रमा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र नेको इन्स्योरेन्स लिमिटेड का तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्व राम तिमिलाले संयुक्त रुपमा हस्ताक्षर गरे ।
बैंकासुरेन्सको माध्यमबाट बैंकका ग्राहकहरुलाई नेको इन्स्योरेन्सले प्रचलनमा ल्याएका निर्जिबन बिमा योजना खरिद गर्न सहज हुनेछ ।
योसँगै नेको इन्स्योरेन्सका बिमा योजना तथा बिमा सेवा सजिलैसँग नेपाल क्रेडिट एण्ड कमर्स बैंकको सबै शाखाहरुबाट छिटो,छरितो तथा सहज रुपमा वीमा लेख प्राप्तगर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण वीमा सेवा प्राप्त गर्न सक्नेछन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा