सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पोखरा, फागुन ९ । नेपाल बंगलादेश बैंकले आफ्नो एटीएम सेवा विस्तारको क्रममा बैंकको ६५ औं एटीएम पोखराको लेकसाइड स्थित ए.टि.एम. लान्जबाट संचालनमा ल्याएको छ ।
एक कार्यक्रमबीच पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरन्जीवी पोखरेलले उक्त एटीएम सेवाको शुभारम्भ गरे । उक्त एटीएम सेवाबाट सो क्षेत्रमा आउने पर्यटक, व्यवसायी तथा बैंकका अन्य सेवाग्राहीहरू समेतलाई सहज बनाउने बैंकले विश्वास लिएको छ ।
समारोहमा बैंकका गण्डकी प्रदेश कार्यालयका प्रमुख देवेन्द्र अवस्थीले बैंकले पोखरामा २ वटा शाखा र ३ वटा एटिएम मार्फत बैंकिङ्ग सुविधा दिंदै आएको र देशै भरी बैंकले ८१ शाखा ७ एक्सटेन्सन काउन्टर, २ शाखा रहित घरदैलो बंैकिङ्ग सेवा तथा ६५ वटा एटिएम मार्फत बैंकिङ्ग सुविधा दिंदै आएको बताए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा