सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बैतडी फागुन ९। श्रीमानबाट श्रीमती पीडित भएको गुनासो समाजमा बढिरहेको बेला पछिल्लो समय बैतडीमा श्रीमती पीडित पुरुषहरु पनि सम्बन्धित निकायमा पुग्न थालेका छन्। पुरुषहरु श्रीमतीबाट पीडित हुँ भन्दै सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गराउन अदालत आउन थालेको जिल्ला अदालत बैतडीले जनाएको छ।चालु आर्थिक वर्षको १० महिनाको अवधिमा जिल्ला अदालत बैतडीमा सम्बन्ध विच्छेदका १० वटा मुद्दा दर्ता भएकोमा ७ महिला र ३ जना पुरुषद्वारा मुद्धा दर्ता भएका छन्।
गत विगतमा श्रीमती पीडित पुरुष अदालतमा देख्न नमिल्ने भए पनि नयाँ मुलुकी संहिता लागू भएपछि सम्बन्ध विच्छेदका मुद्दा लिएर पुरुष जिल्ला अदातल आउन थालेका जिल्ला अदालत बैतडीका श्रेस्तेदार मनोज बरालले बताए। भदौ १ गतेबाट नयाँ मुलुकी संहितासम्बन्धी ऐन प्रचलनमा आएपछि पुरुषले पनि अदालतमा सम्बन्ध विच्छेदका मुद्दा दर्ता गराउन पाइने व्यवस्था छ।
जिल्ला अदालत बैतडीमा वैशाखदेखि माघ मसान्तसम्म दर्ता भएका १० सम्बन्ध विच्छेदका मुद्दामध्ये महिलाले दर्ता गराएका ६ र पुरुषले दर्ता गराएको एउटा गरि जम्मा ७ वटा मुद्दा फछ्र्यौट भइसकेको श्रेस्तेदार बरालले जानकारी दिए।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा