सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, फागुन ९। अष्ट्रियाकी विदेशमन्त्री करिन केनिसिल काठमाडौं आइपुगेकी छन्। नेपाल-अष्ट्रिया सहकार्यको ६० वर्ष पुरा भएको अवसरमा आयोजना हुने कार्यक्रममा विशेष संवोधन गर्ने योजना सहित अष्ट्रियाकी विदेशमन्त्री करिन नेपाल आएकी हुन्।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणामा नेपाल भ्रमणमा आएकी हुन्। विदेश मन्त्री करिनसँग आएको १३ सदस्यीय प्रतिनिधिमण्डलमा ४ पत्रकारहरु पनि छन्।
उनले शुक्रबार प्रधानमन्त्री केपी ओलीसँग भेट गर्नेछिन्। भेटका अवसरमा नेपालको विकासमा अष्ट्रियाले कसरी सघाउन सक्छ भन्ने विषयमा छलफल हुने छ।
नेपालको जलविद्युत विकास, सांस्कृतिक सम्पदा, वातावरण खानेपानी लगायत क्षेत्रमा सहकार्य गर्दै आएको अस्ट्रियाले त्यसबारेमा छलफल गर्ने छ ।
विदेश मन्त्री करिनको टोली फागुन ११ गते स्वदेश फर्किने कार्यक्रम छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा