सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, फागुन ९ । बाबुराम भट्टराईले लगाए जीवनमा पहिलो पटक दौरा–सुरूवाल लगाएका छन्।
माघ १५ देखि फागुन १५ गतेसम्म हुने पुष्पलाल÷मध्यपहाडी लोकमार्ग (पाँचथरको चिवा भन्ज्यांगदेखि वैतडीको झुलाघाटसम्म, १७६५ कि मि ) को ऐतिहासिक “ जनसम्बाद यात्रा “ मा निस्केका भट्टराईले कर्णाली प्रदेशमा प्रवेशको क्रममा दौरा सुरुवाल लगाएका हुन् ।
उनले आफनो फेसबुकमा फोटो शेयर गर्दे देश अनुसारको भेष जीवनमा पहिलो पटक दौरा–सुरूवाल लगाएर खसबाहुल्य कर्णाली प्रदेशमा प्रवेश गरेको जनाकारी दिएका हुन् ।
आफनो फेसबुकमा श्रीमती हिसिला यमीसँगै लगायतका चार वटा फोटो शेयर गर्दे लेखेका छन् ।
“देश अनुसारको भेष ! जीवनमा पहिलो पटक दौरा-सुरूवाल लगाएर खसबाहुल्य कर्णाली प्रदेशमा प्रवेश गरियो!”
देश अनुसारको भेष ! जीवनमा पहिलो पटक दौरा-सुरूवाल लगाएर खसबाहुल्य कर्णाली प्रदेशमा प्रवेश गरियो!
Posted by Dr. Baburam Bhattarai on Wednesday, February 20, 2019
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा