सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पुर्वी इराकको दियालीबाट एउटा अचम्मको खबर बाहिर आएको छ । यहाँ एक २५ बर्षिय महिलाले एकसाथ ७ बच्चालाई जन्म दिएकी छिन् । यद्यपी, महिलाको नाम र अन्य बिषयमा जानकारी भने दिइएको छैन । डेली मेलको अनुसार, अस्पतालमा जन्मिएका सबै बच्चाहरु र आमाको स्वास्थ्य अवस्था राम्रो रहेको अस्पतालले स्रोतले जनाएको छ । महिलाले ६ छोरी र एक छोरालाई जन्म दिएकी हुन् ।
स्थानीय स्वास्थ्य प्रवक्ताले बताए अनुसार, एउटा महिलाले नै ७ वटा बच्चा जन्माएको यो नै देशको मात्र नभएर मध्य पुर्वी देशको पहिलो घटना भएको दावी गरेका छन् ।
७ बच्चाका बाबु बनेका यूसुफ फदलले आफु र श्रीमतीले यती धेरै ठुलो परिवारको बारेमा कल्पना पनि नगरेका बताएका छन् । फदलले भने कि अब मेरो काँधमा १० जना परिवारको जिम्मेदारी आएको छ, बच्चा रेखदेखको लागी परिवारमा १० जना छन् र अब हामी अरु बच्चा चाहदैनौ ।
विश्वमा पहिलो यस्तो घटना १९९७ मा अमेरीकाको लोआमा घटेको थियो जहाँ महिलाले सिजेरियन पछि ७ वटा बच्चालाई जन्म दिएकी थिइन । यो घटनामा केनी र बाबी एक पटकमा ७ बच्चाका आमा बाबु बनेका थिए । यो खबर सुनेपछि तत्तकालीन राष्ट्रपति बिल क्लिंटनले उक्त परिवारलाई ब्यक्तिगत रुपमा भेटेर बधाई दिएका थिए । क्लिंटनले ती दम्पतिलाई घर र आर्थिक मद्यत गर्नुको साथै उनका सबै बच्चाहरुलाई छात्रबृति पनि दिएका थिए ।
यस्तै २०१३ मा लेबनानकी एक महिलाले ३ छोरा र ३ छोरी गरी ६ जना बच्चालाई जन्म दिएकी थिइन ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा