सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नयाँ दिल्लि । भारतको राजधानि नयाँ दिल्लिमा बुधबार विहानै ४.० रेक्टर स्केलको भुकम्पको गएको छ । भुकम्पको झट्का दिल्लि लगायत उत्तर प्रदेशको मरेठ, बागपत सम्म महसुस गरीएको थियो । भुकम्पको यो झट्कामा अहिलेसम्म कुनै पनि हानि नोक्सानी तथा मानविय क्षती भएको खबर बाहिरीएको छ । जि न्युजको खबर अनुसार राजधानि दिल्लिमा भुकम्पको झट्का ७ बजेर ५९ मिनेटमा गएको छ ।
दिल्लि–एनसीआर मा भुकम्पको झट्को खबर बाहिरीए सँग मानिसहरु घर वाहिर निस्केका छन् । भुकम्पसँगै दिल्लि–एनसीआरको कैयौ इलाकामा बर्षा भईरहेको छ । मौसम विभागले भने आज दिल्लिमा भारी बर्षा हुने जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा