सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
न्यूजिल्याण्ड सरकारले सोमबार फेसबुक र गुगल जस्तो दिग्गज अनलाइन कम्पनिलाई नयाँ कर लगाउने घोषणा गरेको छ । सरकारले यी अनलाइन कम्पनिहरुले देशबाट धेरै पैसा कमाउने गरेको तर थोरै मात्र दिने गरेको बताएको छ । न्यूजिल्याण्डको प्रधानमन्त्रि जेसिंडा अरडर्नले भनेका छन् कि “आय र कर बिचको अन्तर निकै नै गहिरो छ जसलाई करको दायरामा ल्याएर कम गर्नु पर्ने हुन्छ । हाम्रो हाल लागु रहेको कर ब्यवस्था यस्तो प्रकारले उचित छैन कि ब्यक्तिगत करदाता र बहुराष्ट्रिय कम्पनिसँग अलग –अलग ब्यवहार गर्न सकियोस जुन ठिक होइन ।”
उनले भनेका छन् कि प्रस्तावित डिजिटल सेवा कर अन्तर्गत बहुराष्ट्रिय अनलाइन कम्पनिलाई न्युजिल्याण्डमा आफनो कमाईको लगभग २ देखी ३ प्रतिशत करको रुपमा दिनुपर्नेछ । यो करको दर अन्य देश सरह नै हो ।
राजस्व मन्त्रि स्टुअर्ट नैश ले भनेका छन् कि विदेशी अनलाइन कम्पनिहरु स्थानीय कम्पनिहरुसँग प्रतिस्पर्धात्मक लाभ लिइरहेका छन् । स्थानीय कम्पनी धेरै मात्रामा करको भुक्तान गर्दछ ।
न्युजिल्याण्ड सरकारको अनुमानमा बहुराष्ट्रिय अनलाइन कम्पनि हरेक बर्ष देशमा करीब २.७ अरब न्युजिल्याण्ड डलर (१.९ अरब अमेरिकी डलर) को कारोवार गर्दछ अब नयाँ करले सरकारी ढुकुटीमा बार्षिक ८ करोड न्यूजिल्याड डलर (५.५ करोड डलर) जम्मा हुनेछ । उक्त नयाँ कर निति अगिल्लो बर्षदेखी लागु हुनेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा