सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, फागुन ६ । पशुपति शर्माको गित ‘लुट्न सके लुट कान्छा’ बोलको गीतले केही दिनदेखी सामाजिक सञ्जाल लगाएत राजनितिलाई समेत तताएको छ । गएको शुक्रबार युट्युमा सार्वजनिक भएसँगै गित एकाएक भाइरल भएको थियो भने गितलाई गायक स्वयम शर्माले युट्युबबाट १ दिनमै हटाएका थिए् । गितलाई नेकपाका भातृ संगठनले धम्कि दिएर गित हटाउन बाध्य पारीएको भन्दै गीतको झन चर्चा चुलिएको छ भने सरकारको विरोध गरीएको छ ।
गित मार्फत विरोध गर्न पाउने सिर्जनात्मक अभिव्यक्तिमाथि सरकारले अंकुश लगाएको भनेर सामाजिक सञ्जालमा विरोध भइरहेको छ।
प्रतिनिधि सभाको बैठकमा आज सत्तारुढ नेकपा र प्रमुख विपक्षी नेपाली कांग्रेसबीच गीतका विषयमा जुहारी नै चल्यो।
सामाजिक सञ्जाल लगाएत अधिकांश ठाउँमा गीत हटाउन बाध्य पारिएको भन्दै सरकारको चर्को विरोध सर्वत्र भईरहेका छन् ।
सरकारी निकाय र त्यसका समर्थकहरुले ‘लुट्न सके लुट कान्छा’ बोलको गितलाई बन्द गराउने कोशिश गरेको विरोधमा कर्णालीका कलाकारहरुले पशुपति शर्माको समर्थनमा गीत गाएका छन्।
उनीहरुले ‘छैन तेरो भर सरकार छैन तेरो भर, सत्य बोल्छौँ छाती खोल्छौँ देश निकाला गर’ बोलमा लोक लयको गीत गाएका छन् ।
हेर्नुहोस गीत
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा