सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
धनुषा, फागुन ६ । आधा शरीर जलेको अवस्थामा मृत भेटिएकी बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको पाइएको छ ।
मिथिला नगरपालिका–३ हरिहरपुरकी ११ वर्षीया बालिका दुतिया रैसेलीको शव आधा जलेको अवस्थामा फागुन २ गते भेटिएको थियो ।
फागुन १ गते गाउँमै बिहेभोज खान गएकी उनको शव घर नजिकैको झाडीमा फेला परेको थियो ।
घटनाबारे प्रदेश नं २ प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयले अनुसन्धान थालेको थियो ।
‘हत्यारा नजिक पुगेका छौँ’, प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले भने । घटनामा संलग्न रहेको आशङ्कामा केही व्यक्ति पक्राउ परेका छन् ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा