सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विकास शर्मा/ काठमाण्डौँ । मिडियास्केप प्रा.लि. को प्रस्तुतिमा नेपालको निकै नै चर्चित डान्स ग्रुप ‘कार्टुन्ज क्रु’ ले अभिनय गरेको ‘यु एण्ड आई’ नामक वेब सिरिज बजारमा आएको छ। हरेक शुक्रबार बेलुका ७ः३० बजे कान्तिपुर एचडि मा प्रसारण भईरहेको यो सिरिज शनिवार बेलुका ५ बजे The Cartoonz Crew युट्युब च्यानलमा हेर्न सकिनेछ ।
उज्जवल घिमिरे, नविन महर्जन र अनिल बाबु श्रेष्ठको निर्माणमा बनेको यु एण्ड आई को निर्देशन सरिन पोखरेलले गरेका हुन् । ‘कार्टुन्ज क्रु’ को प्रोडक्सनमा बनेको यस वेब सिरिजमा आश्मा विश्वकर्मा, सरोज अधिकारी र सनि सिंहको मुख्य भुमिका रहेको छ ।
सरिन पोखरेलको निर्देशन, तथा कथाबस्तु रहेको यस वेब सिरिजमा सम्पादन भने शक्ति प्रज्वल गिरीले गरेका छन् । सिनेमाटोग्राफी सङ्कल्प भुजेलले गरेका छन् भने संङ्गीत कोवित बज्रको रहेको छ ।
मिडियास्केप प्रा.लि. को प्रस्तुति रहेको यस वेब सिरिजको पब्लिसिटि पार्टनरमा ई–सेवा, नवनारी र सेतोखबरडटकम रहेका छन् ।
कार्टुन्ज क्रु ले धेरै चर्चित गीतहरूमा कभर डान्स साथै मयुजिक भिडियोहरु समेत गरिसकेको छन् । उनीहरुको डान्सलाई युवाहरुले मात्र नभएर प्राय सबैले निकै रुचाउँछन् त्यसैले उनीहरूको हरेक भिडियो युट्युबको ट्रेन्डिङमा समेत आउने गरेको छ ।
यु एण्ड आई को ३ एपिसोड पनि युट्युजमा अपलोड भएको ४८ घण्टा नवित्दै ट्रेन्डिङको १० औ स्थानमा आईसकेको छ भने यो समाचार तयार पार्दासमेत ५० घण्टामा नै ४ लाख ३ हजार बढिले हेरिसकेका छन् । भिडियोलाई १० हजार बढिले लाइक पनि गरेका छन् ।
यो सिरिजको सफलतापूर्वक एपिसोड ३ ले पाएको भ्युजको आधारमा कार्टुन्जु क्रुको यो सिरिज पनि दर्शकहरुले निकै नै मनपराएको बुझ्न सकिन्छ । भिडियोमा समसामयिक बिषयमा युवायुवतीहरुलाई लक्षित गरेको देख्न सकिन्छ भने पारिवारीक भुमिकालाई पनि निकै राम्रोसँग प्रस्तुत गरीएको छ ।
यु एण्ड आई को ३ एपिसोडको भिडियो
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा