सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, फागुन ७। गायक प्रमोद खरेलले सांसदहरुलाई काम गर्न सुझाव दिँदै गीतमाथि राजनीति नगर्न अनुरोध गरेका छन् । उनले जनताका लागि काम गर्नुस्, ताकि फेरि फेरि यस्ता गीत बन्न नपरोस् भन्ने सुझाव समेत दिएका छन्।
गायक खरेलले आफ्नो फेसबुकमा लेख्दै भनेका छन् : ‘पशुपति शर्मालाई २५ हजार दिने प्रतिपक्षी सांसद र प्रतिउत्तरमा एक महिनाको तलब दिने सत्ताधारी सांसदलाई अनुरोध, त्यो पैसा आफ्नो क्षेत्र वा विकासमा थप्नुस्, जनताका लागि काम गर्नुस्, ताकि फेरि फेरि यस्ता गीत बन्न नपरोस्, कर्म गर्नुस् गीतमाथि राजनीति नगर्नुस् ।’
गायक पशुपति शर्माको लुट्न सके लुट कान्छा गीतमा सत्ता समर्थितहरुले तीव्र विरोध गरेपछि युट्युबबाट हटाइएको थियो।
पशुपति शर्मा लाइ २५००० दिने प्रतिपक्षी सांसद र प्रतिउत्तरमा १ महिनाको तलब दिने सत्ताधारी सांसदलाइ अनुरोध“त्यो पैसा…
Posted by Pramod Kharel on Monday, February 18, 2019
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा