सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, फागुन ६। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले करिब १२ हजार शाखा अधिकृतको समायोजन गरेको छ। संघ, प्रदेश र स्थानीय तहमा करिब १२ हजार शाखा अधिकृत समायोजन गरिएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए। उनका अनुसार प्रशासन, लेखा, राजस्व र शिक्षा सेवाको शाखा अधिकृतलाई समायोजन गरिएको छ। सरकारले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गरेको हो।
यसअघि मन्त्रालयले सचिव, सहसचिव र उपसचिवलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजन गरेको थियो। ६६२ सहसचिवमध्ये संघमा ५६० र प्रदेशमा १०२ तथा उपसचिवमध्ये संघमा ८३६, प्रदेशमा आठ र स्थानीय तहमा चारको समायोजन गरेको थियो। मन्त्रालयले फागुन ३ मा समायोजन रोजेका सबै कर्मचारीको समायोजन गर्ने भने तापनि प्राविधिक कारण त्यो हुन नसकेको हो।
प्रवक्ता अधिकारीका अनुसार कृषि, वन, स्वास्थ्य र इञ्जिनियर सेवाको शाखा अधिकृतको समायोजन गर्न भने बाँकी छ। सरकारले तीनै तहमा समायोजनका लागि गत पुस ११ देखि यही माघ २ सम्म अनलाइन फाराम भर्ने समयसीमा तोकेको थियो। सरकारले संघमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ कर्मचारी समायोजन गर्दैछ।
हेर्नुहोस् (सूची सहित)
http://setokhabar.com/wp-content/uploads/2019/02/२०७५।११।०५-को-निर्णयानुसार-समायोजन-भएका-रा-प-तृतीय-प्रशासन-सेवाको-विवरण.pdf
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा