सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, फागुन ६। नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले गायक पशुपति शर्मालाई २५ हजार रुपैयाँ दिने घोषणा गरेका छन्। आज (सोमबार) प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै कांग्रेस सांसद सिंहले पशुपति शर्माको गीत हटाएर सरकारले जनताको कान र मुख थुन्न नसक्ने बताए।
उनले जनताको बोली गाउने गायक भन्दै शर्मालाई फागुन महिनाको पारिश्रमिकबाट २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेका हुन् ।
गायक पशुपति शर्माको लुट्न सके लुट कान्छा गीतमा सत्ता समर्थितहरुले तीव्र विरोध गरेपछि युट्युबबाट हटाइएको थियो।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा