सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सुर्खेत,फागुन ६। सुर्खेत जिल्लाका विभिन्न स्थानहरूमा समुदाय-प्रहरी साझेदारी अन्तर्गत आइतबार जनचेतनामूलक कार्यक्रम सम्पन्न भएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत मातहत कार्यालयहरुबाट आ-आफ्नो क्षेत्र अन्तर्गतका स्थानमा उक्त कार्यक्रमहरु संचालन गरिएको हो।
स्थानीय निकाय तथा समाजसेवीको सहकार्यमा आयोजित उक्त कार्यक्रमहरुमा लागूऔषध दुर्व्यसनी, महिला हिंसा न्यूनिकरण, घरेलु मदिरा नियन्त्रण, मानव वेचबिखन र बालविवाह रोकथाम लगायतका विषयमा छलफल गरिएको थियो ।
कार्यक्रम संचालन गरिएका स्थानहरुमा पञ्चपुरी नगरपालिका अन्तर्गत दुलालथाई, तोक्मा, मौला, चिउरी र राग, बराहताल गाउँपालिका अन्तर्गत श्रीचचौर, कल्याणकाँध र साझघाट, चौकुने गाउँपालिका अन्तर्गत बाघमारा र भट्टेघारी, लेकवेशी नगरपालिका अन्तर्गत चौराठे र डाडागाउँ, भेरीगंगा नगरपालिका अन्तर्गत ठकुरीटोल, रामघाट, हातिखाल र झिग्नी, गुर्भाकोट नगरपालिका अन्तर्गत गोगलपुर, बडाखोली, गैरीबजार, जसेनी, जन माबि, र तल्लो लामीडाडा, वीरेन्द्रनगर नगरपालिका अन्तर्गत आपखोली, धुलियाबिट र छेडाबजार तथा चिङगाड गाउँपालिका अन्तर्गत कोक्ले रहेका छन् ।
सबै कार्यक्रममा स्थानीय निकायका पदाधिकारीहरू, समाजसेवी एवम् स्थानीयबासीको सक्रिय सहभागिता रहेको थियो ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा