सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
वेस्ट इंडीजका धमकेदार ब्याट्सम्यान क्रिस गेलले अन्तराष्ट्रिय वनडे क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् । २०१९ मा हुन लागीरहेको विश्वकप पछि गेलले सन्यास लिनेछन् । यो घोषणा पछि उनका फ्यानहरुलाई झट्का अवश्य लाग्नेछ किनभने उनले अब पिचमा चौका छक्का हानेको देख्न पाइनेछैन । उनको सन्यासको घोषणा वेस्ट इंडिज क्रिकेटको तर्फबाट ट्विट गर्दे दिइएको थियो ।
३९ बर्षिय क्रिस गेलले आफनो करियरमा अहिलेसम्म २८४ वनडे इंटनरनेशनल म्याच खेलीसकेका छन् । गेलले ३७.१२ को औसतदेखी ९७२७ रनसम्म बनाएको रेकर्ड छन् । उनले आफनो करियरमा २३ शतक र ४९ अर्धशतक बनाएका छन् । गेलको नाममा दोहोरो शतकको रेकर्ड पनि रहेको छ । जुन उनले जिम्बाबे विरुद्ध २०१५ विश्वकपमा बनाएका थिए । यस दौरान उनले २०१ रन बनाएका थिए ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा