सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
भारत–पाकिस्तान बिच तनावपुर्ण सम्बन्ध तथा भाइचाराको कमीको सामना गरीरहेको पाकिस्तानले साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानलाई आइतबार भब्य स्वागत गरेको छ । सलमानको इस्लामाबादको यात्रामा अज्ञात कारणले एक दिन ढिला भएको हो । घटनाक्रमसँग जोडिएका अधिकारीहरुका अनुसार इस्दामाबाखमा सरकारी सुत्र यो करालाई लिएर बेखबर भएको थियो कि कश्मीरमा बिहिवार भारतीय सैनिकमाथि भएको आतंकवादी आक्रमणपछि पाकिस्तान र भारत बिच उत्पन्न तनाव पछि सुरक्षा कारणहरुलाई लिएर सलमान यो यात्रा रद्ध गर्न सक्दछन् ।
यद्यपी, उनीहरुले राहतको सास त्यो बेला लीए जब विदेश मन्त्रालयले शुक्रबार राती घोषणा गरे कि खाडी देशका राजकुमार आइतबार आउनेछन् । सलमानको यात्राको कार्यक्रममा बदलावको लागी कुनै कारण बताइएको थिएन । उनी शनिवार नै पाकिस्तान आउने पुर्व निर्धारित कार्यक्रम रहेको थियो तर उनको आगमनमा एक दिनको ढिलाई भएको छ । पाकिस्तान पुगेका सलमानलाई २१ तोपको सलामी पनि दिइएको छ ।
सलमानको विमान रावलपिंडिको नुर खान वायु सेनाको विमानस्थलमा उत्रयो । विमानबाट बाहिर आउने वितिकै पाकिस्तानी प्रधानमन्त्रि इमरान खानले उनलाई स्वागत गरे । प्रधानमन्त्रिको मन्त्रिमण्डलसहित सेना प्रमुख जनरल कमर जावेद बाजवा पनि वायु सेना विमानस्थलमा स्वागतको लागी पुगेका थिए ।
पाकिस्तानी यात्रा पछि सलमान १९ फेब्रुवरीमा भारत पुग्नेछन् । यात्राको दौरान पाकिस्तान र साउदी अरब विभिन्न क्षेत्रमा सम्झौता तथा सम्झौता पत्र मा हस्ताक्षर गर्नेछन् । सलमान र उनका प्रतिनिधिमण्डल को भब्य स्वागतको लागी इस्लामाबादमा विशेष ब्यवस्था गरिएको छ । संसद भवनमा सलमानको १२० फिट अग्लो र ४५ फिट चौडाईको विशाल तस्विर पनि लगाइएको छ । यो अवसरमा सुरक्षा ब्यवस्था निकै कडा पारिएको छ र सबै महत्वपुर्ण सरकारी कार्यालय तथा दुतावाससम्म जाने बाटोहरुलाई सिल गरिएको छ । शहर र प्रवेश स्थानमा १,००० भन्दा धेरै सुरक्षा जाँच चौकि बनाइएको छ । मोहम्मद बिन सलमानलाई चार तहको सुरक्षा ब्यवस्था गरिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा