सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
अफ्रिकी देश क्यामरुनको एक निजि कलेजका १०० भन्दा बढि युवा–युवती र शिक्षकहरुलाई अपहरण गरीएको छ । कलेज प्रशासनले अपहरणमा बढि युवतीहरु रहेको बताएको छ । यो भन्दा पहिला अधिकारीहरुले बताए अनुसार युद्ध प्रभावीत पश्चिमोत्तर क्षेत्रबाट शनिवार ११ युवा र तीन शिक्षकलाई अपहरण गरीएको छ ।
यो घटनापछि कलेजका विशिष्ट प्रशासकले आइतबार भनेको छ कि जाँचबुझ पछि पत्ता लागेको छ कि १०० भन्दा धेरै युवा–युवती र शिक्षक अपहरण गरिएको छ । अपहरणमा धेरै युवतीहरु परेका छन् । शिक्षकको संख्या धेरै छैन । वास्तवमा कलेज परिसरमा जति पनि युवा–युवती तथा शिक्षक थिए, उपहरणकारीले सबैलाई लगेका छन् । हामीहरुलाई थाहा छैन कि उनीहरुलाई कहाँ र कुन अवस्थामा राखिएको छ । हामी अपहरणकारीको फोनको प्रतिक्षामा छौ ।
क्यामरुनमा अंग्रेजी बोल्ने दक्षिण पश्चिम र पश्चिमोत्तर क्षेत्रको स्वतन्त्रताको लागी अलगाववादी नोभेम्बर, २०१७ देखी सरकारसँग संघर्ष गरीरहेका छन् । उनीहरुले यी क्षेत्रमा स्कुलहरु बन्द गर्न आदेश दिएका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा