सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, फागुन ५ । कामना सेवा विकास बैंक र एलआईसी नेपालविच बैकास्योरेन्स संझौता भएको छ । एक कार्यक्रमका बिच सम्झौता पत्रमा कामना सेवा विकास बैकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र एलआईसी नेपाल का प्रमुख कार्यकारी अधिकृत एलपी दासले हस्ताक्षर गरेका छन् ।
जीवन बिमालाई ग्राहकको पहुँचसम्म पुर्याउने उद्देश्यले उक्त सम्झौता भएको बैकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले जानकारी दिए ।
बैंकासुरेन्सको माध्यमबाट बैंकका ग्राहकहरुलाई एलआईसी नेपालले प्रचलनमा ल्याएका बिमा योजना खरिद गर्न सहज हुनेछ ।
योसँगै एलआईसी नेपालका बिमा योजना तथा बिमा सेवा सजिलैसँग कामना सेवा विकास बैंकको सबै शाखाहरुबाट छिटो,छरितो तथा सहज रुपमा वीमा लेख प्राप्तगर्न, प्रिमियमभुक्तानीगर्न, दावी भुक्तानी लगायत सम्पूर्ण वीमा सेवा प्राप्त गर्न सक्नेछन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा