सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मेगास्टार अमिताभ बच्चनले जम्मु–कश्मीरको पुलवामा जिल्लामा भएको आक्रमणमा मारिएका प्रत्येक जवानको परिवारलाई पाँच लाख भारु दिने घोषणा गरेका छन् । बिग बि का एक प्रवक्ताले बताए अनुसार बिग बि विभिन्न सरकारी सुत्रबाट यो पत्ता लगाउने कोशिश गरीरहेका छन कि कहाँ र कसरी यो रकमलाई वितरण गर्न सकियोस ताकि यो राहत राकम चाडोभन्दा चाडो जवानको परिवार सम्म पुग्न सकोस ।
प्रवक्ताले एक बयानमा भनेका छन् हो, “बच्चन प्रत्येक मृतकको परिवारलाई पाँच लाख भारु दिन गईरहेका छन् र उनी रकम चाडो भन्दा चाडो पुर्याउनको लागी सहि माध्यम खोजीरहेका छन् ।”
अभिनेताले शुक्रबार विराट कोहलीको फाउण्डेशनको कार्यक्रममा मुख्य अतिथिको रुपमा आफनो निमन्त्रणा रद्ध गरेका थिए । अब यो कार्यक्रम शनिवार हुन गईरहेको छ । विहिवबार जम्मु–कश्मीरको पुलवामा जिल्लामा सीआरपीएफको एक क्यानोटोमा भएको आक्रमणमा ४० जनाको मुत्यु भएको थियो ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा