सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, फागुन ४ । चर्चित लोकदोहोरी गायक पशुपति शर्माले नयाँ गीत सार्वजनिक गरेका छन्।‘ लुट्न सके लुट कान्छ, अरु देशमा पाइँदैन नेपालमै हो छुट’ बोलको उक्त गीत गायक शर्माले बिहिवार आफ्नै आधिकारीक युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन्।
गीतमा गायक पशुपती शर्मा, गायिका मञ्जु विक र प्रज्योल भण्डारीको अभिनय रहेको छ । गीतमा शब्द अनी संगीत पनि गायक शर्माको आफ्नै रहेको छ।
गीतको भिडियोलाई दुर्गा पौडेलले निर्देशन गरेका छन् भने छायांकन पनि दुर्गा पौडेल आफैले नै गरेका छन्। यसको सम्पादन नबिन घर्ती मगरले गरेका हुन्। गायक शर्माले यो गीत मार्फत राष्ट्रपतिदेखी सरकारसमेतलाई ब्याङ्ग्य प्रहार गरेका छन् ।
हेनुहोस् भिडियो
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा