सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, फागुन ३ । हिरो महिला फुटबलको उपाधि म्यानमारले उचालेको छ । भारतको उडिसामा जारी खेलमा शुक्रबार नेपाललाई ३–१ गोल अन्तरले हराउँदै म्यानमारले उपाधिमा कब्जा गरेको हो ।
खेलको ३४ औं मिनेटमा गोल म्यानमारले पहिलो गरेको थियो । तर, पहिलो हाफको इन्ज्युरी समयमा नेपालकी मञ्जली योन्जनले गोल गर्दै १–१ गोलको स्थितिमा पुर्याइन् । त्यसपछि खेलको ५३ औं मिनेटमा विन तोङले दोस्रो तथा ६३ औं मिनेटमा इ उको व्यक्तिगत दोस्रो गोलको मदतले म्यानमारले ३–१ गोलको अग्रता बनायो ।
भारतले आयोजना गरेको यो प्रतियोगितामा आयोजक भारतसहित नेपाल, म्यानमार र इरान सहभागी थिए । साफ र ओलम्पिक छनोटको तयारीस्वरुप भारतले प्रतियोगिताको आयोजना गरेको हो ।
नेपाली महिला टोलीकी फरवार्ड साबित्रा भण्डारी हिरो गोल्ड कपको सर्वाधिक गोल कर्ता बनेकी छन्।
भण्डारीले ४ गोल गर्दै सर्वाधिक गोलकर्ताको उपाधि स्वरूप नगद १ लाख भारतीय रूपैयाँ पुरस्कार पाएकी छिन्।
उनले भारतविरूद्ध दुई गोल गरेकी थिइन् भने समूह चरणको अन्तिम खेलमा इरानविरूद्ध २ गोल गरेकी थिइन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा