सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, फागुन ३ । भ्यालेनटाइन डे २०१९ को अवसर पारेर “रहने छ साथ, जीवन पश्चात्” भन्ने सन्देशकासाथ एल.आई.सी. नेपालले ‘जीवन साथी’ नामक जीवन बीमा योजना ल्याएको पहिलो दिनमै कम्पनीले २ हजार ५ सय ८३ ओटा ‘जीवन साथी’ पोलिसीहरु बिक्री गर्न सफल भएको छ ।
देशभरमा यो बीमा योजनालाई ग्राहकहरुले अत्यधिक मन पराई पहिलो दिनमै यति धेरै संख्यामा पोलिसीहरु बिक्री भएकोमा एल.आई.सी. नेपालको कर्पोरेट कार्यालयमा ‘केक’ काटेर खुसीयाली मनाइएको छ ।
प्रमुख कार्यकारी अधिकृत एलपी दासले नया“ जीवन बीमा बिक्री शुरुवात गरिएको पहिलो दिनमा ‘जीवन साथी’ बीमा योजनाको बिक्री संख्या अहिलेसम्मकै ऐतिहासिक रहेको बताए । नायब प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले चालु आ.ब. मा यो योजना सवैभन्दा बढी लोकप्रिय भई कमसेकम १०० करोड बीमाशुल्क आर्जन हुने विश्वास व्यक्त गरे ।
१८ देखी ६० बर्षसम्म उमेरका व्यक्तिहरुले यो जीवन बीमा योजना लिन सक्नेछन् । न्यूनतम बीमाङ्क रकम रु. २ लाख कायम गरिएको छ भने अधिकतम बीमाङ्कको सीमा बीमा अन्डरराइटिङ्ग नियमानुसार जति पनि लिन सकिन्छ । यस योजनामा बीमा अवधि १५ बर्षको हुनेछ । बीमा अवधिमा बिमितको निधन भएमा बीमाङ्क र बोनस रकम निजको श्रीमान् वा श्रीमतीलाई प्रदान गरिन्छ र बाँकी अवधिको लागि निजको श्रीमान्श्री/मतीलाई बीमाङ्कको ५०∞ निःशुल्क जीवन बीमा जोखिम बहन गरिन्छ ।
न्युन बीमाशुल्कमा लिन सकिने यो जीवन साथी योजनामा अधिकतम् रु. ७५ लाखसम्मको दुर्घटना लाभ र स्थायी असक्तता लाभसमेत उपलब्ध छन् । २ वर्षको बीमाशुल्क भुक्तानीपश्चात् बिमितले कम्पनीबाट कर्जा तथा बीमा समर्पण सुविधासमेत लिन सक्नेछन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा