सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, फागुन २ । अग्रणी विज्ञापन एजेन्सी त्रिकोण एडभर्टाइजिङ सर्भिसले तनहुँको देवघाटस्थित गलेश्वर आश्रमलाई थेरापी मेसिन सहयोग स्वरुप हस्तान्तरण गरेको छ ।
मंगलबार कम्पनीकै कार्यालयमा आयोजित एक कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक राजेन्द्र अर्यालले आश्रमका प्रमुख महामण्डलेश्वर स्वामी आत्मानन्द गिरीलाई उक्त उपकरण हस्तान्तरण गरे । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आश्रमलाई थेरापी मेसिन उपलब्ध गराएको अर्यालले बताए ।
‘यसबाट आश्रमलाई औषधोपचारका क्रममा आवश्यक पर्ने थेरापी गर्न मद्दत मिल्छ,’प्रबन्ध निर्देशक अर्यालले भने, ‘हामीले लामो समयदेखि नै निरन्तरता दिइरहेको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो सहयोग गरेका हौं । भविष्यमा पनि यस्ता कल्याणकारी कार्य जारी राख्नेछौ ।
आश्रम प्रमुख स्वामी आत्मानन्द गिरीले उक्त सहयोगका लागि कम्पनीलाई धन्यवाद ज्ञापन गर्दै उक्त उपकरणले थेरापी आवश्यक पर्ने बिरामीलाई सहयोग पुग्ने बताए ।
हाल उक्त आश्रममा ३०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा