सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, फागुन २ । शारीरिक सुगठन खेलमा सबैभन्दा ठूलो शरीर भएका भएका रोली विंक्लार नेपाल आइपुगेका छन् ।
‘मिस्टर ओलम्पिया’को छनोट प्रतियोगिता स्वरूप नेपालमा पहिलोपटक हुन लागेको आईएफबीबी प्रोफेसनल लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिपमा ‘गेस्ट पोजर’का रूपमा विंकलार बुधबार नेपाल आएका हुन्।
नेदरल्यान्ड्सका विंकलारलाई विमानस्थलमा आईएफबीबी नेपालका प्रमुख सानु गुरुङले स्वागत गरे । विंक्लारलाई विमानस्थलमा खादासहित नेपाली ढाका टोपी लगाएर स्वागत गरिएको थियो ।
एक सय ३० केजी तौलका विंक्लारले प्रतियोगितामा गेष्ट पोजरका रुपमा विभिन्न पोजहरु देखाउनेछन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा