सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । अभिनेत्रि बर्षा राउत र अभिनेता संजोग कोइराला विवाह बन्धनमा बाधिएका छन् । करिब ७ बर्ष देखि प्रेम सम्बन्धमा रहेका उनीहरुले विहिवार ‘भ्यालेनटाइन डे’ का दिन विवाह गरेका हुन् । सोमबार इन्गेजमेन्ट गरेका उनीहरुले नेपाली रितिरिवाज अनुसार विवाह गरेका हुन् ।
प्रेम दिवसको अवसर पारेर दुबै तर्फका परिवारको उपस्थितिमा वर्षा र संजोगले बिवाह गरेका हुन् । विवाहको भोज भने शुक्रबार फागुन ३ गते राखिएको छ । भोजमा आफन्त र फिल्मकर्मीलाई निम्त्याएको बताइएको छ ।
यसअघि नै बर्षा राउतले कार्डमा आगामी फागुन २ गते विहीवारका विहे गर्ने जनाइएको थियो । वर्षाले निमन्त्रण कार्ड सार्वजनिक गर्दै सबैलाई आर्शीवाद दिन आग्रह समेत गरेकी थिइन ।
बर्षा पछिल्लो समय ब्यस्त नायीका हुन भने संजोग कोइराला निर्माता शेखर कोइरालाका छोरा हुन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा