सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, फागुन २ । “रहने छ साथ, जीवन पश्चात्” भन्ने सन्देशका साथ एल.आई.सी. नेपालले ‘जीवन साथी’ नामक जीवन बीमा योजना सार्वजनिक गरेको छ । बुधबार एक समारोहबीच बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले उक्त ‘जीवन साथी’ योजनाको औपचारिक शुभारम्भ गरे ।
१८ देखी ६० बर्षसम्म उमेरका व्यक्तिहरुले लिनसक्ने यो जीवन बीमा योजनाको लागी न्यूनतम बीमाङ्क रकम २ लाख कायम गरिएको छ भने अधिकतम बीमाङ्कको सीमा बीमा अन्डरराइटिङ्ग नियमानुसार जति पनि लिन सकिनेछ ।
यो योजनामा बीमा अवधि १५ बर्षको हुनेछ । बीमा अवधिमा बिमितको निधन भएमा बीमाङ्क र बोनस रकम निजको श्रीमान् वा श्रीमतीलाई प्रदान गरिन्छ र बाँकी अवधिको लागि निजको श्रीमान्÷श्रीमतीलाई बीमाङ्कको ५० प्रतिशत निःशुल्क जीवन बीमा जोखिम बहन गरिन्छ ।
न्युन बीमाशुल्कमा लिन सकिने यो जीवन साथी योजनामा अधिकतम् ७५ लाखसम्मको दुर्घटना लाभ र स्थायी असक्तता लाभसमेत उपलब्ध छन् । २ वर्षको बीमाशुल्क भुक्तानी पश्चात् बिमितले कम्पनीबाट कर्जा तथा बीमा समर्पण सुविधा समेत लिन सक्नेछन् ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत एल.पी. दासले बिमितले यस बीमा योजना मार्फत आफ्नो जीवन साथीप्रति अपार माया र स्नेह दर्शाउदै परिवारमा वित्तिय सुरक्षा प्रदान गर्न सकिने बताए ।
कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले नेपालमा प्रायः पुरुष बर्गले जीवन बीमा लिने गरेको र महिला बर्गको ठुलो हिस्सा जीवन बीमाबाट बन्चित रहने गरेको चर्चा गर्दै त्यस्ता महिला बर्गलाई पनि निःशुल्क रुपमा बीमा जोखिम प्राप्त होस् भनेर कम्पनीले यो जीवन साथी बीमा योजना बजारमा ल्याएको बताए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा