सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चीनको स्मार्टफोन निर्माता कम्पनि ZTE Nubia ले मोबाइल कांग्रेस (MWC) 2019 मा आफनो फ्लेक्सिबल हेडसेट लन्च गर्ने घोषणा गरेको छ । यो फोनलाई nubia-α (Alpha) भनिएको छ ।
यो भन्दा पहिला IFA 2018 मा लन्च गरीएको थियो । यद्यपी, कम्पनिले यो फोनलाई केवल प्रोटोटाइप भनेको थियो जसले काम गर्देनथ्यो । पछिल्लो जानकारी अनुसार कम्पनि यो फोनलाई विश्वभर लन्च गर्ने योजना बनाएको छ । छ ।
MWC 2019 मा Nubia को अलावा Samsung र Huawei पनि आफनो फोल्डेबल फोन लन्च गर्ने तयारीमा लागेका छन् । यता, Xiaomi पनि यो दौडमा आफनो पहिलो फोल्डेबल फोन लन्च गर्न सक्दछ ।
nubia-α (Alpha) मा के–के छन् विशेषताहरु
nubia-α (Alpha) लाई युजरले आफनो हातमा लगाउन सक्नेछन् । यसमा कर्व्ड OLED टच स्क्रीन डिस्प्ले हुनेछ जसको लागी कम्पनिको फ्ल्यकसिबल डिस्प्ले प्रविधि Flex को प्रयोग गरीएको छ । यो डिभाइसम फ्रन्ट क्यामरा, माइक्रोफोन र बटन दिइनेछ ।
त्यसमा यसको बैक प्यानलमा चार्जिङ पिन र हार्ट रेट सेन्सर पनि दिइनेछ । यसलाई मेटल स्ट्रेपसँगै कालो र सुनौलो रंङको भिन्न- भिन्न रंङमामा ल्याउन सक्दछ । अहिलेसम्म कम्पनिले यो फोनको कुनै पनि जानकारी शेयर गरेको छैन ।
यो भन्दा पहिला पनि ZTE ले फोल्डेबल फोनको क्षेत्रमा आफनो छट्टै विशेषता प्रस्तुत गरेको थियो । कम्पनिले पछिल्लो बर्ष MWC मा दुई वटा डिस्प्ले भएको ZTE Axon M लन्च गरेको थियो । यता, कम्पनि एक डयूल–स्क्रीन स्मार्टफोन माथि पनि काम गरीरहेको छ । योसँग जोडिएको एउटा भिडियो पनि अगाडि आएको छ । यो फोनलाई Nubia Z18 को अपग्रेडेट भेरिएन्ट Nubia Z18S भनिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा