सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, माघ २९ । लामो समयदेखी प्रेममा रहेका अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइरालाले इन्गेजमेन्ट गरेका छन् । केही पारीवारिक ब्यक्ति तथा आफन्त विच उनीहरुले सोमबार इन्गेजमेन्ट गरेका हुने ।
दुबैले आफनो फेसबुक मार्फत इन्गेजमेन्टको फोटो पनि सार्वजनिक गरेका छन् ।
यसअघि सामाजिक संजाल फेसबुक मार्फत अभिनेत्री वर्षाले विहेको निमन्त्रणा कार्ड समेत शेयर गरेर आफ्ना फ्यान तथा दर्शकलाई विहेबारे जानकारी दिएकी थिइन।
कार्डमा वर्षा राउत र संजोग कोइराला आगामी फागुन २ गते विहीवारका विहे गर्ने जनाइएको थियो । वर्षाले निमन्त्रण कार्ड सार्वजनिक गर्दै सबैलाई आर्शीवाद दिन आग्रह समेत गरेकी थिइन ।
बर्षा पछिल्लो समय ब्यस्त नायीका हुन भने संजोग कोइराला निर्माता शेखर कोइरालाका छोरा हुन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा