सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
टेक्नोलोजीका दिग्गज कम्पनिहरुले एउटा यस्तो मोबाइल एप बनाएका छन् जसलाई लिएर एउटा वहस शुरु भईसकेको छ । यहाँ सम्म कि कैयौ महिला संगठनहरुले यसमा आपत्ति जनाएका छन् भने कैयौले आलोचना पनि गरीरहेका छन् । साच्चै भन्नु पर्दा गुगल र एप्पलले एउटा यस्तो एप बनाएका छन जसको मद्यतले महिलाहरुको एक–एक गतिविधिहरु माथि निगरानी राख्न सकिनेछ । आउनुहोस यो एपको बारेमा विस्तारमा जान्नुहोस् ।
सबैभन्दा पहिला तपाईलाई जानकारी गराउ कि यो एपको नाम Absher हो र यो एप लाई विशेष गरी साउदी अरबका पुरुषहरुलाई उपलब्ध गराइएको छ जसको मद्यतले उनीहरुले आफनो घरको महिलाहरुको एक–एक गतिविधि माथि निगरानी राख्न सक्नेछन् ।
Absher एम मा केही फिचर्सहरु दिइएको छ जसको मद्यतले महिलाहरुलाई ट्रयाक गर्न सकिनछे । उदाहरणको लागी यदि महिला कतै जानको लागी पासपोर्टको प्रयोग गरीरहेकी छन भने यो कुराको जानकारी उसको श्रीमानको फोनमा पुग्नेछ ।
यसको अलावा यो एप मा यो पनि सुविधा छ कि कुनै पुरुष आफनो पत्नीलाई घरबाट बाहिर जान वा बोर्डर पार गर्नबाट पनि रोक्न सक्छ । यो एप गुगल प्ले स्टोर र एप्पलको एप स्टोरबाट डाउनलोड गर्न सकिनेछ ।
यता यो एपलाई लिएर बबाल मच्चिएको छ । कैयौ महिला संगठनहरुले गुगल र एप्पलमा लिंग भेदवाद गरेको आरोप लगाएका छन् भने यो एपलाई प्ले स्टोरबाट हटाउन पनि माग गरीएको छ । जानकारी अनुसार साउदी अरबमा घरबाट बाहिर जान वा यात्राको लागी महिलाहरुलाई कानुनी रुपमा घरको पुरुष सदस्यहरुसँग अनुमति लिनु पर्नेहुन्छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा