सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
यज्ञराज उपाध्याय / टीकापुर, माघ २३ । जानकी गाउँपालिका ३ स्थित श्री भृकुटी माध्यमिक बिद्यालयको बार्षिकोत्सव बुधबार सम्पन्न भएको छ । बिद्यालयले आयोजना गरेको बार्षोकोत्सव समारोहको सभापतित्वमा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामशरण खनाल रहनुभएको थियो भने प्रमुख अतिथिमा राष्ट्रिय योजना आयोगका पुर्व सदस्य जनकराज शाह रहनुभएको थियो । त्यस्तै बिशिस्ट अतिथिमा जानकी गाउँपालिका ३ नम्बर वडाका अध्यक्ष प्रदिप कुमार शाह, नेपाल पर्यटन बोर्डका प्रवंद्धक खडकबिक्रम शाह र जानकी गाउँपालिका शिक्षा शाखा प्रमुख एवं श्रोतव्यक्ती कलम बहादुर खड्का रहेका थिए ।
कार्यक्रममा बोल्दै उत्तरादेवी कोषका संरक्षक समेत रहेका जनकराज शाहले कुनै पनि बालबालिका शिक्षाबाट बञ्चित हुनुहुदैन भन्दै शिक्षाका लागि राज्यले व्यवस्था गरेको र त्यसको सम्पुर्ण विद्यार्थीले उपभोग गर्नुपर्ने बताए ।
शाहले निजि बिद्यालयको भन्दा सरकारी बिद्यालयका अभिभावक आफ्ना बालबालिका प्रती उत्तरदायी नभएको बताउदै उनले भने, “निजि बिद्यालयमा पढ्ने विद्यार्थीका अभिभावक आफ्ना बालबालिकाको एकदम राम्रो तरिकाले रेखदेख, सरसफाइ गर्दछन, पढाईमा परिश्रमी बनाउछन तर सरकारी बिद्यालयमा पढ्ने विद्यार्थीका अभिभावक आफ्ना बालबालिका प्रती त्यति उत्तरदायी देखिदैनन, बालबालिकालाई सरसफाइ, अन्य क्रियाकलापमा समेत अग्रसर गराउदैनन त्यसैले सरकारी बिद्यालयका बालबालिका केही पछि देखिन्छन ।”
त्यस्तै जानकी गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष प्रदिप शाहले बिद्यालयमा आन्तरिक प्रतिस्पर्धात्मक कार्यक्रम अत्यावश्यक रहेको बताउदै पुरस्कार पाउनका लागि विद्यार्थी एकदम मेहनती र आफैमा अब्बल हुनुपर्ने बताए । उनले बिद्यालयका विभिन्न कार्यक्रममा अभिभावकहरुको उपस्थिति पातलो देखिएको भन्दै अभिभावकहरुले आफ्ना बालबालिकाहरुको पढाइ र अन्य क्रियाकलापहरुका बिषयमा चासो राख्नुपर्ने र बिद्यालयका कार्यक्रमहरुमा उपस्थिति हुनुपर्ने बताए ।
त्यस्तै जानकी गाउँपालिका शिक्षा शाखा प्रमुख कमल खड्काले प्रत्येक बर्ष अभिभावक भेला अनिवार्य देखिएको भन्दै अभिभावक एउटा ऐना भएकाले अभिभावकले आफ्ना बालबालिकाका हरेक क्रियाकलापको निगरानी गर्नुपर्ने बताए ।
बिद्यालयका पुर्व प्रध्यानाध्यापक आगनदास चौधरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक टंक प्रसाद देवकोटाले गरेका थिए । कार्यक्रममा बिपना चौधरी, टेकबहादुर सार्की, भक्तबहादुर रावल, दुर्गाप्रसाद ढुंगाना लगायतले बोलेका थिए भने बिद्यालयको बार्षिक प्रतिबेदन बिद्यालयका प्रध्यानाध्यापक नृपराज भण्डारिले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बिद्यालय स्तरिय अतिरिक्त क्रियाकलापमा प्रथम, द्वितीय, तृतीय हुने विद्यार्थी लगायत कक्षागत रुपमा प्रथम, द्वितीय, तृतीय हुनेलाई पुरस्कार सहित सम्मान गरिएको थियो भने विद्यार्थीहरुले विभिन्न सांस्कृतिक झलक समेत प्रस्तुत गरेका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा